एसइई नतिजा आज आउने,यसरी सकिन्छ हेर्न

सुदूर प्रेस संवाददाता

धनगढी– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ।  

उहाँले भन्नुभयो, “आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।”

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । 

उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । 

प्रकाशित:
2025/06/27, 5:41