धनगढीमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका पुरुषको पनि मृत्यु

Death

तस्बिरः नेपाल दर्पण बाट

सुदूर प्रेस संवाददाता

धनगढी–गत असोज २८ गते धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ । काठमाडौँमा उपचारकै क्रममा ७० वर्षीय पुरुष हरीलाल विष्टको मृत्यु भएको उनका आफन्तजनले बताएका छन् । 

धनगढी उप–महानगरपालिका वडा नम्बर–८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएका उनी काठमाडौँमा उपचाररत थिए । विस्फोटमा परी घाइते भएकी उनकी श्रीमती ६५ वर्षीया बर्मादेवी विष्टको भने गत बिहीबार नै मृत्यु भएको थियो। गत बुधवार बिहान हरिलालले बजारबाट सिलिण्डर ल्याएर रेगुलेटर लगाउने क्रममा ग्यास लिक भएको थियो। सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको थियो।

पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासि विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्ता समेत भत्किएको थियो । 

 

ग्यास सिलिण्डर पड्किँदा क्षतिग्रस्त भएको घर

gys

दुर्घटना पछि गत बुधबार धनगढीमा उपचाररत घाइतेहरु

प्रकाशित:
२०७७ कार्तिक , ०७:०६
SPA
KN
Priya Gahana Pasal