विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज गणेश ढकाल (असल) लाई प्रहरीले कैलालीको लम्की चुहा बाट पक्राउ गरेको छ। 

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र उनी माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । 

 पार्टीगत आस्था भएकै कारण प्रहरीले कुनै गतिविधिमा संलग्न नभएर घरमा बसिरहेका बेला पक्राउ गरेको ढकालका परिवारले दाबी गरेका छन् । 

प्रकाशित:
२०७७ पुष , ०७:३७
SPA
KN
Priya Gahana Pasal