स्वास्थ्य गम्भीर भएपछि रजनीकान्तलाई अस्पताल भर्ना

rajanikanta
सुदूर प्रेस संवाददाता

एनेन्सी–चर्चित भारतीय अभिनेता रजनीकान्तलाई अस्पतालमा भर्ना गरिएको छ।

रक्तचाप तीव्र रुपमा घटबढ भएपछि रजनीकान्तलाई हैदराबादको अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। सुटिङका क्रममा सँगै रहेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि रजनीकान्तले पनि परीक्षण गराएका थिए।

तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ। तर ब्लडप्रेसर गम्भीर रुपमा अनियमित भएको अस्पतालले जनाएको छ। रजनीकान्त 'अन्नाथे' नामक चलचित्रको सुटिङका क्रममा विगत १० दिनदेखि हैदराबादमै छन्।

प्रकाशित:
२०७७ पुष १०, ०७:२३
SPA
KN
Priya Gahana Pasal