सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए प्रदेशवासीलाई माघी पर्वको शुभकामना

cm
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  प्रदेशवासीमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले प्रदेशवासीको सामाजिक एवम् सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले प्रदेश बासी हरुमा सामाजिक एवम् सांस्कृतिक एकता र पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्‍याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। 

प्रकाशित:
२०७७ माघ , ०८:२६