कैलालीको गेटामा युवक मृत अवस्थामा फेला

hatya

घटनास्थल

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको गेटामा एक जना युवक आज बिहान मृत अवस्थामा फेला परेका छन्।

 गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिव चरण राना शनिवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गेटा आँखा अस्पताल नजिकै पसल गर्दै आएका रानाको शव फेला परेको हो । उनको हत्या गरिएको आशङ्का स्थानीयले गरेका छन्। प्रहरी घटना स्थल शील गरेर अनुसन्धानमा जुटेको छ । 

 

 

 

प्रकाशित:
२०७७ फाल्गुन १५, ०८:२३