कैलालीमा सर्पको टोकाइ वाट शिक्षीकाको निधन

सुदूर प्रेस संवाददाता

धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ । 
गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको हो ।  श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीको बिहिवार सर्पको टोकाइबाट निधन भएको हो। सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रकाशित:
2025/06/13, 8:54