समाचार

२०७७ असोज , ०५:१३

धनगढी–दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो। उनीहरुलाई भजनी… विस्तृतमा

२०७७ असोज , ०४:५८
बाजुरा–बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०७७ असोज , ०४:२२
धनगढी–सुदूरपश्चिममा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।
२०७७ असोज , १२:०३
धनगढी–झण्डै छ महिना पछि सुदुरपश्चिममा आजबाट लामो दुरीका सवारी साधन खुलेका छन । सुदुरपश्चिम यातायात प्रालीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै आजबाट लामो दुरीमा यातायात सञ्चालन गरेको हो ।
२०७७ असोज , ०९:३७
धनगढी–धनगढी उप–महानगरपालीका–३ बिशालनगरमा गएराती चट्टयाङ परेको छ ।
२०७७ असोज , ०८:२१
धनगढी–कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी उप–महानागरपालीका–५ की महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।
२०७७ असोज , ०३:०९
डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
२०७७ असोज , ०२:४७
धनगढी–कैलाली र कञ्चनपुरका २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , १२:३४
कञ्चनपुर– कञ्चनपुरमा रहेको बोर्डर आउट पोष्ट  गड्डाचौकीमा खटिएका पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
२०७७ असोज , १२:२५

धनगढी–दिनेश सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर पत्रकारहरुले धर्ना दिएका छन । सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई पक्राउ गरेपनि अन्य लाई पक्राउ गर्न प्रहरी प्रशासन असफल भएको भन्दै… विस्तृतमा

२०७७ असोज , ०८:४१

धनगढी–आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस्… विस्तृतमा

२०७७ भदौ ३१, ०७:२७

धनगढी - कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ५७ बर्सिया सङ्क्रमित महिलाको बुधवार साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी… विस्तृतमा

२०७७ भदौ ३१, ०६:२६

धनगढी – कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासङ्घ र तीन वटा मजदुर ट्रेड युनियनले संयुक्त रूपमा बुधवार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

आवश्यक स्वास्थ्य… विस्तृतमा

२०७७ भदौ ३१, ०५:०९
धनगढी–सुदुरपश्चिममा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ ३१, ०२:५५
डोटी–डोटी जिल्लामा कार्यरत ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।