कैलाली
धनगढी - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।
आज पुर्नवास नगरपालिका वडा नम्बर ९ स्थित मृतक गोविन्द बिकको घरमै पुगेर उनले… विस्तृतमा
धनगढी - आज धनगढीका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नं १ का १८ पुरुष र ५ महिला गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको सेती… विस्तृतमा
धनगढी–कैलाली टिकापुरका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।
धनगढी–गत असोज २८ गते धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ । काठमाडौँमा उपचारकै क्रममा ७० वर्षीय पुरुष हरीलाल विष्टको मृत्यु भएको उनका आफन्तजनले बताएका छन् ।