समाचार

२०७७ मंसिर , ०५:५७
धनगढी–छठ पर्वको मुख्य दिन शुक्रवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष गत विगत जस्तो सजावट गरी उल्लास पूर्वक तरिकाले भने छठ मनाइएन ।
२०७७ मंसिर , ०३:३८
धनगढी–अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका एक जनालाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
२०७७ मंसिर , ०३:०३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०२:४७
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुष कोरोना सङ्क्रमितको आज फेरी मृत्यु भएको छ ।
२०७७ मंसिर , १२:३५
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना महिला कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । 
२०७७ मंसिर , ११:१७
धनगढी–धनगढीमा रहेको बैंक अफ काठमाण्डु  लिमिटेडका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए पछि बैंक शिल गरिएको छ ।
२०७७ मंसिर , ०७:२३
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारी बाट जोगिन सावधानीका साथ छठ पर्व मनाउन आग्रह गरेका छन्  ।
२०७७ मंसिर , ०३:११
धनगढी–धनगढीमा उपचारका क्रममा गए राती मृत्यु भएका कोरोना सङ्क्रमितको आज गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
२०७७ मंसिर , ०२:४३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०८:३४
धनगढी–सुदूरपश्चिममा सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ५ पुगेको छ ।
२०७७ मंसिर , ०६:५६
धनगढी–धनगढीमा उपचारका क्रममा गए राती एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
२०७७ मंसिर , ०६:०८
एक पटक सङ्क्रमित भएर निको हुँदैमा पुनः सङ्क्रमित नहुने र अरूलाई कोरोनाभाइरस सङ्क्रमण सार्न नसक्ने अवस्था नदेखिएको भन्दै विज्ञहरूले सजग गराएका छन्।
२०७७ मंसिर , ०८:५९
धनगढी–धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ एक युवतीको मृत्यु भएको छ । एक जना घाइते  छन् । 
२०७७ मंसिर , ०५:४९
धनगढी–कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय देखि स्थगित भएको विभिन्न सवारी साधनको प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय धनगढीले एक सूचना जारी गरी  सो जानकारी दिएको हो ।  
२०७७ मंसिर , ०२:०९
धनगढी–‘थ्रोट स्वाब’ सङ्कलन नहुँदा पछिल्लो २४ घण्टामा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेको छैन ।