आजको मिति
समाचार
२०७७ कार्तिक २७, ०६:४४
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले कोरोना संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ ।
२०७७ कार्तिक २७, ०६:३७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा १ हजार ५ सय ६८ जना सक्रिय सङ्क्रमित छन् । उनीहरू मध्ये ८५ जना अस्पताल भर्ना भएका छन् भने अरू घरमै बसेका छन् । ५ जनाको आइसियुमा उपचार भइरहेको छ ।
२०७७ कार्तिक २७, ०५:४६
धनगढी–डडेलधुराको परशुराममा एक जना पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक २७, ०४:२३
धनगढी–बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दीपक विक्रम शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २७, ०३:४९
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २७, १०:२३
धनगढी–कैलालीको लम्की चुहा नगरपालिका – ३ गोराङ्गेमा गए राति मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २७, ०९:२१
धनगढी–सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षण गरिएका मध्ये हालसम्म करिब ९ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ ।
२०७७ कार्तिक २६, ०३:०७
धनगढी–सुदूरपश्चिममा आज थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २६, १०:२६
कञ्चनपुर–भीमदत्त नगरपालिका-११ भुजेलामा बाटोबारे विवाद हुँदा कुटपिटमा संलग्न नेपाली सेनाका जवान सुनिल सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ।
२०७७ कार्तिक २६, ०८:२१
कञ्चनपुर–भारतीय व्यापारीहरुले पश्चिमी सीमा नाका वनवासामा प्रदर्शन गरेका छन्।
२०७७ कार्तिक २६, ०७:२३
धनगढी–कैलालीमा लक्षण सहितका कोरोना सङ्क्रमित थपिने क्रम बढेपछि गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या हुन थालेको छ । प्रदेशकै पहिलो र रेफरल कोभिड अस्पताल सेतीका ५० शैय्या गम्भीर लक्षण सहितका कोरोना सङ्क्रमितले भरिएका छन् ।
२०७७ कार्तिक २६, ०६:०५
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।
२०७७ कार्तिक २५, ०६:३१
धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी धनगढीका तीन वटा वडामा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १४, १८ र १९ को आज बसेको सर्वदलीय बैठकले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको हो । धनगढी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष… विस्तृतमा
२०७७ कार्तिक २५, ०४:४३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ०४:१३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।