राजनीति

२०७७ कार्तिक ३०, ०५:२७
काठमाडौँ–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
२०७७ कार्तिक ३०, ०६:४०

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिककाे सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान  गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने… विस्तृतमा

२०७७ कार्तिक २९, ०९:०७

धनगढी–धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले दीपावली २०७७ को अवसरमा नगरवासीमा कामना व्यक्त गरेका छन् । प्रमुख र उप–प्रमुखले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ‘हिन्दुहरूको दोस्रो ठुलो चाड शुभ–दीपावली २०७७ को पावन अवसरमा स्वदेश… विस्तृतमा

२०७७ कार्तिक २९, ०८:३५
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई पर्याप्त सावधानीका साथ दीपावली मनाउन प्रदेश बासिलाई आग्रह गरेका छन् । 
२०७७ कार्तिक २९, ०७:४८
काठमाडौँ — नेकपाका शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीसहितको लिखित दस्ताबेज पेस गरेका छन् ।
२०७७ कार्तिक २९, ०६:१०
धनगढी–नेपाली काँग्रेस अछाम क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं पूर्व क्षेत्रीय सभापति प्रेम बहादुर बुढाको निधन भएको छ ।
२०७७ कार्तिक २८, ०९:२०
काठमाडौँ — नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
२०७७ कार्तिक २७, ०६:४५

धनगढी–थरुहट थारु वान राष्ट्रिय मोर्चाले टिकापुर काण्ड समाधानका लागी कैलालीका दलहरूलाई गुहारेको छ । कैलालीका राजनैतिक दलहरूलाई  ज्ञापन पत्र बुझाउँदै उसले पहिचान र अधिकारका लागि भएको आन्दोलनका क्रममा टीकापुर घटना भएको भन्दै टीकापुर घटनालाई राजनैतिक रूपले… विस्तृतमा

२०७७ कार्तिक २७, ०६:२८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।
२०७७ कार्तिक २६, ०९:४८
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएको छ । 
२०७७ कार्तिक २६, ०५:२५
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने भएको छ ।
२०७७ कार्तिक २५, ०७:२६
काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँग २७ कात्तिकमा सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् ।
२०७७ कार्तिक २४, ०९:१८
काठमाडौंँ–नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध तिक्ततापूर्ण बन्दै गएपछि पूर्वएमालेका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।
२०७७ कार्तिक २२, ०९:५४
हुम्ला –शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् । 
२०७७ कार्तिक २१, ०८:४०
काठमाडौँ — सत्तारुढ दल नेकपामा उत्पन्न राजनीतिक तनाव दुर्घटना नजिक पुगेको छ । सचिवालयका बहुमत सदस्यहरुको शुक्रबारको अनौपचारिक बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला पनि पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको बिफ्रिङ गरेका छन् ।