राजनीति

२०७७ असोज १०, ०७:०९
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभइ बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याउनुभएको छ ।
२०७७ असोज , ०७:४०

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोराेनाको महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती भएको बताउनुभएको हो ।

२०७७ असोज , ०४:५८

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन्। गत भदौ २३ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो।  कोरोना पोजेटिभ भएसँगै चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए। कोइराला केही दिनअघि स्वास्थ्यावस्था सामान्य भएपछि होम… विस्तृतमा

२०७७ असोज , ०६:१५
काठमाडौँ–सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ ।
२०७७ असोज , ०८:५३

धनगढी– नेपाली काँग्रेसकी नेतृ डा.आरजु  राणा देउवाले पिछडिएका वर्ग समुदाय,जातजातिहरूको जीवनस्तर माथि उकास्ने गरी सामाजिक गतिविधि र कार्यक्रमहरू सञ्चालन गरिनु पर्नेमा जोड दिएकी छिन ।

२०७७ असोज , ०१:५५
काठमाडौं–नेपालको वामलोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको आज छैटौँ स्मृति दिवस हो ।
२०७७ असोज , १२:२८
काठमाडौं–सोमबार दिउँसो बस्ने तय भएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
२०७७ असोज , ०४:११
काठमाडौं–सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
२०७७ असोज , १२:३६
काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ।  तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो।
२०७७ असोज , ०३:१२
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
२०७७ असोज , ०३:०६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ । उहाँले संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न सक्ने बताउनुभयो । संविधान दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको… विस्तृतमा

२०७७ असोज , ०७:३९
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संबिधान दिवसको अवसरमा प्रदेशबासी लाई शुभकामना दिएका छन ।
२०७७ असोज , ०३:१६
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् ।
२०७७ असोज , १२:०४
काठमाडौं– निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
२०७७ असोज , १०:२८
काठमाडौं–सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न बुधबार सिफारिस पत्र पठाएको हो ।