कैलाली
धनगढी — अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।
धनगढी– यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो । यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।
धनगढी—चालकको असक्षमताका कारण सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुुर्घटना भएको तथ्य खुलेको छ । दुुर्घटनामा परी मन्त्री सिंहसहित उनकी पत्नी र भाउजुको निधन भएको थियो ।
दार्चुला — गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चरेससहित पक्राउ पर्नेमा महाकाली… विस्तृतमा
सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी हो यो । गौरीफन्टा भन्सार देखि अत्तरिया सम्म ६ लेन सडक वनेपछि धनगढी सुन्दर देखिएको छ । धनगढीका मेयर गोपाल हमालले सडकको बिच र आसपासमा हरियाली बनाउँदै सरसफाइ गरेपछि धनगढीको सुन्दरता अझै थपिएको छ ।