आजको मिति
समाचार
२०७७ असोज ३०, ०७:३४
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ११ पुगेको छ । ती मध्ये ७ हजार २ सय जना निको भएका छन् । १ हजार २ सय ९२ जना सक्रिय सङ्क्रमित छन् ।
२०७७ असोज ३०, ०६:५१
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले समाजमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीले आफ्नो पुरानो कार्यशैली परिवर्तन गरेर काम गर्नु पर्ने बताएका छन् ।
२०७७ असोज ३०, ०३:४३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज ३०, ०७:००
धनगढी–सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ८९ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।
२०७७ असोज २९, ०८:२८
बैतडी–बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ।
२०७७ असोज २९, ०८:१४
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।. प्रदेशका विभिन्न ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २९, ०५:०४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ५६ जना कैलालीका छन् । धनगढीका विभिन्न वडामा सङ्क्रमित थपिएका छन् ।
२०७७ असोज २९, ०४:४७
दार्चुला–सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति नरेन्द्र बम र नेपाल रेडक्रम सोसाइटी दार्चुला शाखाका सभापति गोपालसिंह महरसहित ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ।
२०७७ असोज २९, ०३:१२
धनगढी– धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएकी महिलाको आज मृत्यु भएको छ।
२०७७ असोज २९, १०:५१
धनगढी–कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।
२०७७ असोज २९, ०७:२०
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट माथि आक्रमण भएको छ।
२०७७ असोज २८, ०८:३९
धनगढी–सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित छन् । ८ जना सङ्क्रमितको अवस्था गम्भीर छ ।
२०७७ असोज २८, ०५:४१
धनगढी–धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २८, ०५:१६
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २८, ०१:२३
धनगढी–धनगढी उप–महानगरपालिका वडा नम्बर –८ मा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।