समाचार

२०७७ कार्तिक , ०४:०६
धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीको  प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दिलीप देउवालाई दिइएको छ ।
२०७७ कार्तिक , ०९:४५
कञ्‍चनपुर — कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ । कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी शनिबारदेखि खुला गरिएको हो ।
२०७७ कार्तिक , ०९:०३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप  ५४  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ कार्तिक , ०४:३९

धनगढी–धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आइतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । पार्कको उद्घाटन सँगै सर्वसाधारणका लागि खुला गरिएको छ । नगरप्रमुख… विस्तृतमा

२०७७ कार्तिक , ०२:५८
धनगढीमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०२:३७
धनगढीमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०८:३४
कञ्चनपुर–भारतमा बस दुर्घटना हुँदा कञ्चनपुरका एक दम्पतीको मृत्यु भएको छ। 
२०७७ कार्तिक , ०६:५१

कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका दुर्गा बोहराको घर जङ्गली हात्तीको बथानले भत्काइदिएको छ। बिहानको झिसमिसेमै आएको हात्तीको बथानले बोहराको घर भत्काउनुका साथै घरभित्र भण्डारण गरेर राखेको सबै अन्न समेत खाइदिएको छ।

भाँडाकुँडा, महत्त्वपूर्ण कागजपत्र समेत कामै नलाग्ने गरी… विस्तृतमा

२०७७ कार्तिक , ०९:०६
धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी कैलाली प्रशासनले जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
२०७७ कार्तिक , ०८:३१
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ८८ पुगेको छ । ७ हजार २ सय ६ जनाले कोरोना जितेका छन् । १ हजार ३ सय ६३ जना सक्रिय सङ्क्रमित छन् ।
२०७७ कार्तिक , ०५:३२
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०३:२६
धनगढी–धनगढीमा किनमेलका लागी सबैभन्दा बढी भिडभाड भइरहने चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०३:०३
धनगढी– सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०९:१२
कञ्चनपुर– रिलायन्स  इन्सोरेन्स कञ्चनपुरका म्यानेजरको मृत्यु भएको छ।
२०७७ कार्तिक , ०७:३६
धनगढी–कैलालीको अत्तरियामा सटर फोडेर गए राती एउटा पसलमा चोरी भएको छ ।