आजको मिति
समाचार
२०७७ असोज २८, १२:५५
धनगढी–जिल्ला समन्वय समिति (जिसस) कैलालीका दुई जना कर्मचारी लाई कोराना सङ्क्रमण भएपछि कार्यालय सिल गरिएको छ ।
२०७७ असोज २८, ११:४१
धनगढी–डडेलधुरा र दार्चुलाका थप ३ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २८, ०८:४२
धनगढी–सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । बजारमा भिडभाड बढी हुने र स्वास्थ्य सजगता नअपनाउने गरेकै कारण धनगढीमा सङ्क्रमण बढ्दै गएको हो ।
२०७७ असोज २८, ०७:०७
बझाङ — हवाई सेवा बन्द भएको १२ वर्षपछि बझाङमा नियमित उडान सुरु भएको छ ।
२०७७ असोज २७, ०८:१९
धनगढी–नेपाल बाल सङ्गठन कैलाली शाखाको अध्यक्षमा चूडामणि भट्ट लाई नियुक्त गरिएको छ ।
२०७७ असोज २७, ०७:५७
धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या आठ हजार २ सय ५ पुगेको छ । ६ हजार ९ सय ४ जना निको भएका छन् । १ हजार २ सय ८२ जना सक्रिय सङ्क्रमित छन् । ३ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
२०७७ असोज २७, ०६:१२
धनगढी–सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
२०७७ असोज २७, ०५:०८
धनगढी–धनगढी प्रयोगशालामा मङ्गलवार गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २७, ०१:२९
धनगढी–अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनीकरण दिवस २०२० का अवसरमा धनगढी उप–महानगरपालिका कनरीमा स्थापना गरेको आइसोलेसन सेन्टर लाई आज विभिन्न सामान प्रदान गरिएको छ ।
२०७७ असोज २७, ११:४३
धनगढी–डडेलधुरा र बैतडीका थप २५ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २७, ०८:२७
धनगढी–सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरीका २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २७, ०६:४७
अछाम–अछाममा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। साँफेबगर नगरपालिका –७ रिडी कोटमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो बालुवा बोकेको से १ त ८३३८ नम्बरको… विस्तृतमा
२०७७ असोज २६, ०८:१३
धनगढी–सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २६, ०६:५९
धनगढी–कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कैलाली भूमी सुधार तथा मालपोत कार्यालय एक साताका लागी सिल गरीएको छ ।
२०७७ असोज २६, ०५:०२
धनगढी–धनगढीमा प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।