समाचार

२०७७ मंसिर १७, ०९:०४
धनगढी–कैलालीको टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 
२०७७ मंसिर १७, ०७:१७
बैतडी–कोरोना संक्रमण जोखिम बढेको भन्दै  बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।
२०७७ मंसिर १६, ०८:५४
धनगढी–धनगढीकी एक  कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
२०७७ मंसिर १६, ०१:२४
धनगढी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियामा टिप्पर  र जिप एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
२०७७ मंसिर १५, ०७:३४
कञ्चनपुर–कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान आज बरामद बरामद गरेको छ। 
२०७७ मंसिर १५, ११:५२
अछाम –अछामको मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् ।
२०७७ मंसिर १५, १०:३४
 धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमितको आज मृत्यु भएको  छ। 
२०७७ मंसिर १५, ०६:५५
सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दे छ। ​ सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।
२०७७ मंसिर १४, ०६:२८
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको आइतबार घटनास्थलमै मृत्यु भएको छ। 
२०७७ मंसिर १४, ०८:१९
धनगढी–कञ्चनपुरको कृष्णपुर नगर पालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १३, ०९:३७
धनगढी–भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
२०७७ मंसिर १३, ०८:२६
धनगढी–धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित वडा सदस्य लाई आज थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । 
२०७७ मंसिर १३, ०७:१८
धनगढी–कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सुदूरपश्चिम प्रदेशबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन्।
२०७७ मंसिर १३, ०३:३४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज  थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर १३, १२:२०
कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।