कञ्चनपुरमा भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान आज बरामद बरामद गरेको छ। 

महाकाली नगरपालिका–१ गौरीशङ्कर सामुदायिक वन इलाकाबाट भारतबाट भन्सार छलेर ल्याइएका प्याज, मैदा, सलाई, स्विट सुपारी र मोबाइल गरी १ लाख ६० हजार १ सय बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए। 

बरामद भएका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनले बताए। 

प्रकाशित:
२०७७ मंसिर १५, ०७:३४
SPA
KN
Priya Gahana Pasal