ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण,श्रीमती आयशा कोरोना मुक्त

deepak
सुदूर प्रेस संवाददाता

धनगढी–ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरस सड्क्रमित भएका छन्। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ।

परिवारका अन्य सदस्य भने कोरोनामुक्त भइसकेका विष्टले जानकारी दिएका छन्। सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन्।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन्। उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भइसकेकी छन्।

प्रकाशित:
२०७७ मंसिर १२, ०७:१४
SPA
KN
Priya Gahana Pasal