यातायात व्यवस्था कार्यालय धनगढीमा अख्तियारको छापा,सिसिटिभी क्यामेराको भिडियो र कागजपत्र नियन्त्रणमा

yatayat
सुदूर प्रेस संवाददाता

धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्समा आर्थिक चलखेल गरी प्रयोगात्मक परीक्षामा समेत असफल भएकाहरुलाई सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरेको गुनासोपछि सबै कागजपत्र नियन्त्रण लिइएको अख्तियारले जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख खग्रेन्द्रप्रसाद रिजालले धनगढीको फाप्ला क्रिकेट मैदान नजिकैको ट्रायल स्थलमा जडान गरिएको सिसिटिभी क्यामेराको (भिडियो) फुटेज र कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालिएको बताए।

 

प्रकाशित:
२०७७ मंसिर २८, ०७:०५
SPA
KN
Priya Gahana Pasal