कञ्चनपुरबाट अर्काकी श्रीमती भगाएर लैजान लागेका भारतीय नागरिक पक्राउ

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको बेलौरीबाट नेपाली नागरिककी श्रीमती भगाएर भारत लैजान लागेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

बेलौरी नगरपालिका वडा नम्बर ६ हात्ती बाजका विमल रानाकी २० वर्षीया श्रीमती  कञ्चन रानालाई भगाएर सीमा पार गराउन लागेका पिलिभितका २२ वर्षीय हजीम खानलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए ।

खानलाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ भने रानालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको उनले बताए ।

प्रकाशित:
२०७७ मंसिर २९, ०८:५५
SPA
KN
Priya Gahana Pasal