कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएको माछा बरामद

fish

बरामद गरिएको माछा नष्ट गरिँदै

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–भारतबाट अवैध रुपमा भित्र्याइएको ५० किलो माछा सशस्त्र प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी कञ्चनपुरको सहायक प्रहरी निरीक्षक जय बहादुर महताको नेतृत्वमा  खटिएको मोबाइल गस्ती टोलीले गए राति पुनर्वास नगरपालिका–७ आइबीआरडीबाट ५० किलो माछा बरामद गरेको हो।

 

बरामद गरिएको माछा पशु क्वारेनटाइन कार्यालय गड्डाचौकीमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए।

 

प्रकाशित:
२०७७ पुष , ०७:०६
SPA
KN
Priya Gahana Pasal