प्रिमियर लिग : म्यान्चेष्टर युनाइटेड र एभर्टनले बराबरी खेले

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३–३ गोलको बराबरी खेलेका छन्।​

युनाईटेडको मैदानमा गएराति भएको खेलमा घरेलु टोलीका लागि एडिन्सन काभानी, ब्रुनो फर्नान्डेज र स्कट म्याक्टोमेनीले एक एक गोल गरे।

एभर्टनका डोकोरे, हामेज रोड्रिग्वेज र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल फर्काए । काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुगेको हो। बराबरीसँगै युनाइटेड २३ खेलबाट ४५ अंकका साथ दोस्रो स्थानमा कायमै छ।  एर्भटन २१ खेलबाट ३७ अंकका साथ छैठौ स्थानमा छ। 

गएराति नै भएकाृे अर्को खेलमा एस्टन भिल्लाले आर्सनललाई १–० ले हरायो। खेलमा एस्टन भिल्लालाई विजयी गराउन ओली वाट्कीन्सले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ३–२ ले हराउँदा बर्न्ले र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित:
२०७७ माघ २५, ०७:५८
SPA
KN
Priya Gahana Pasal