नेपाललाई जानकारी नदिई भारतले एकतर्फी बन्द गर्‍यो दार्चुलामा पुल

सुदूर प्रेस संवाददाता

दार्चुला – भारतीय पक्षले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकामस्थित नेपाल-भारत जोड्ने सीमा पुल नेपाली पक्षलाई कुनै जानकारी नदिई आज बिहान ११ बजेर ६ मिनेटदेखि बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनौपचारिक प्रशासनस्तरमा पुल बन्द गर्न नदिने बताए पनि भारतपट्टि सीमा पुल बन्द छ । अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्नेबारे कुनै प्रकारको लिखित जानकारी पनि आदानप्रदान भएको छैन ।

गत जेठ २४ गते शनिबारका दिन दार्चुला सदरमुकाम खलंगापारि धारचुला बजारमा कमलेश लानुको चक्कु प्रहार गरी हत्या गरिएको थियो । हत्यारा अहिलेसम्म पक्राउ नपरेकाे भन्दै दबाब स्वरूप साेमबार धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ ।

प्रकाशित:
2025/06/17, 8:45