यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– काठमाण्डौ उपत्यकासहित देशभर यतिबेलाको मौसम सामान्यतया सफा छ । धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । तर दिउँसोपख धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा तथा मधेस प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि मधेसबाहेकका अरू प्रदेशमा ठूलो पानी पर्न सक्नेछ ।

प्रकाशित:
2025/07/02, 9:33