दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई ३ सय ३६ रनले हरायाे

सुदूर प्रेस संवाददाता

एजेन्सी– इंग्ल्यान्डसँगको पाँच टेस्टको शृङ्खलामा भारतले १–१ को बराबरी गरेको छ । इंग्लयान्डको एजबास्टेनमा भएको दोश्रो खेलमा भारतले इंग्ल्याडलाई तीन सय ३६ रनले हरायो । भारतले दिएको छ सय आठ रनको ठूलो लक्ष्य पछ्याएको घरेलु टोली पाँचौ तथा अन्तिम दिनको दोश्रो सिजनमा दुई सय ७१ रनमा अलआउट भयो ।

इंग्लयान्डका लागि जिमी स्मिथले ८८ रन बनाए । भारतका आकाश दीपले छ विकेट लिए । भारतले पहिलो पारीमा कप्तान शुभमन गिलको दोहोरो शतकसहित पाँच सय ८७ रन बनाएको थियो ।

इंग्लयान्डले  पहिलो पारीमा हेरी ब्रुक र जिमी स्मिथको शतकसहित चार सय सात रन बनाएको थियो । भारतले दोश्रो पारीमा कप्तान गिलकै शतकमा चार सय २७ रन जोडेपछि घरेलु टोलीले छ सय आठ रनको ठूलो लक्ष्य पाएको थियो । तेस्रो टेस्ट बिहिवार लड्र्समा शुरु हुनेछ । 

प्रकाशित:
2025/07/07, 9:28