एनपीएलको दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला

सुदूर प्रेस संवाददाता

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो ।

क्यानका अनुसार एनपीएलका आठ वटा  टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ‘ए’, ‘बी’ र ‘सी’ मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

खेलाडीले आउँदो साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन् । खेलाडी रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क लाग्नेछ ।

क्यानको वार्षिक क्यालेन्डरअनुसार एनपीएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ । 

 

प्रकाशित:
2025/07/13, 8:16
SPA
KN
Priya Gahana Pasal