समर्थन फिर्ता लिए पनि मन्त्री पद नछाड्दा नागरिक उन्मुक्ति पार्टीको भूमिकामाथि प्रश्न

सुदूर प्रेस संवाददाता

धनगढी–  नागरिक उन्मुक्ति पार्टीले असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी अझै पदमा कायम रहेका छन्।

राज्यमन्त्री चौधरीले आफूले पाँच दिनअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाइसकेको दाबी गरे पनि हालसम्म स्वीकृति नआएको जनाएका छन्। “राजीनामा स्वीकृत किन भएन, मलाई थाहा छैन,” चौधरीले भने।

पार्टीले समर्थन फिर्ता लिए पनि मन्त्री पदबाट चौधरी नहटेसँगै नागरिक उन्मुक्ति पार्टी सत्तापक्षमा पर्ने कि प्रतिपक्षमा भन्ने अन्योल सिर्जना भएको छ। संविधानतः समर्थन फिर्ता लिने निर्णयसँगै मन्त्री पनि पदमुक्त हुनु पर्ने भए पनि त्यसको कार्यान्वयन नहुँदा प्रश्न उठेको हो।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया अघि नबढाउनुमा यही अन्योल मुख्य कारण मानिएको छ।

राजीनामा स्वीकृति नहुनु केवल प्राविधिक प्रक्रिया हो कि रणनीतिक रोकावट — यसबारे राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।

प्रकाशित:
2025/07/14, 11:39
SPA
KN
Priya Gahana Pasal