सुदूरपश्चिमका वन मन्त्रीलाइ राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन

राजीनामा नदीने अडानमा मन्त्री चौधरी
सुदूर प्रेस संवाददाता

धनगढी– नियुक्त भएको एक महीनामै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले दिएको निर्देशन अश्विकार गरेका छन् । 
उल्टै मन्त्री चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई चुनौती दिँदै आफूले कुनै गल्ती नगरेको भन्दै पदबाट राजीनामा नदिने अडान लिएका हुन् । 
मुख्यमन्त्री शाहले चौधरीलाई कृषि मन्त्री रहेका बेला पावर टिलर अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको भन्दै राजीनामा दिन निर्देशन दिएको स्रोतको भनाइ छ । 
तर मन्त्री चौधरीले तत्कालीन कृषि मन्त्री हुँदा कुनै अनियमितता नभएको दाबी गरेका छन् ।  
खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक खेम जोशीलाई नियुक्त गरेपछि उहाँको मन पर्ने मान्छे परेन भनेर मलाई हटाउन खोजिएको मन्त्री चौधरीको दाबी छ । 

उनले राजीनामा नदिने घोषणा गरेपछि अब मुख्यमन्त्रीले उनलाई के गर्छन त्यो भने हेर्न वाँकी छ । 

Ad Dhangadi

प्रकाशित:
2025/06/23, 7:01