आजको मिति
कैलाली
2021/07/28, 10:52
धनगढी–कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको हो ।
2021/07/27, 4:37
धनगढी– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
2021/07/27, 7:39
धनगढी–उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ ।
2021/07/27, 7:36
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
2021/07/26, 7:20
धनगढी– देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धनगढीमा आज बिहान देखि हल्का बर्षा भइरहेको छ ।
2021/07/25, 8:15
धनगढी– देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त अवधिमा केही प्रेदशका थोरै स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।
2021/07/24, 7:49
धनगढी– आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।
यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।
2021/07/24, 7:13
धनगढी– आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
2021/07/23, 6:43
धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ।
2021/07/22, 8:22
धनगढी–सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण धनगढीका अधिकांश वडा डुबानमा परेका छन् । धनगढीको वडा नं ३ बिशालनगर र वडा नं. २ का अधिकांश घर डुबानमा छन् । कतिपय घर भित्र पानी पसे पछि विस्थापित छन् ।
2021/07/22, 7:57
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।
2021/07/21, 7:50
धनगढी– सुदूरपश्चिम प्रदेशमा आज पनि भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
2021/07/20, 8:49
धनगढी– केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई काँग्रेस नेताहरुले ‘वचनका पक्का’ ठहर्याएका हुन् ।
2021/07/20, 8:41
धनगढी– हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
2021/07/19, 6:34
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन् ।