आजको मिति
कैलाली
२०७७ मंसिर ४, ०६:५६
धनगढी–धनगढीमा उपचारका क्रममा गए राती एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
२०७७ मंसिर ४, ०६:०८
एक पटक सङ्क्रमित भएर निको हुँदैमा पुनः सङ्क्रमित नहुने र अरूलाई कोरोनाभाइरस सङ्क्रमण सार्न नसक्ने अवस्था नदेखिएको भन्दै विज्ञहरूले सजग गराएका छन्।
२०७७ मंसिर ४, ०५:४४
धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् ।
२०७७ मंसिर ३, ०८:५९
धनगढी–धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ एक युवतीको मृत्यु भएको छ । एक जना घाइते छन् ।
२०७७ मंसिर ३, ०५:४९
धनगढी–कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय देखि स्थगित भएको विभिन्न सवारी साधनको प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय धनगढीले एक सूचना जारी गरी सो जानकारी दिएको हो ।
२०७७ मंसिर ३, ०२:०९
धनगढी–‘थ्रोट स्वाब’ सङ्कलन नहुँदा पछिल्लो २४ घण्टामा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेको छैन ।
२०७७ मंसिर ३, ०१:३३
धनगढी–धनगढीको घुइयाघाट सिमानाकामा गस्तीमा खटिएका प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक जना अभियुक्तलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ३, १०:०३
धनगढी–सरकारले कोरोनाको जोखिमका कारण आठ महिना देखि बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।
२०७७ मंसिर ३, ०८:५३
काठको टेन्डर हुने, घाटगद्दीबाट काठ उठाउने र बिक्री गर्ने मुख्य सिजन जेठमै सरकारले काठ ओसारपसार र ढुवानीमा रोक लगाउने निर्णयपछि अर्बौं रुपैयाँ मूल्यको काठ करिब ७ महिनादेखि जंगलभित्रै थुप्रिएको छ ।
२०७७ मंसिर ३, ०७:५५
धनगढी– कोरोना सङ्क्रमणका कारण धनगढीका एक युवकको मृत्यु भएको छ ।
२०७७ मंसिर २, ०५:५१
धनगढी–धनगढीका थप ५ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २, ०७:३९
धनगढी–भाइटिकाको भोलिपल्ट आज देशभरीका नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउँदैछन् । सरकारले किजा पूजाको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७७ मंसिर १, ०७:५३
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लाई आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १, ०२:३१
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १, १०:२६
धनगढी–सुदूरपश्चिम विभिन्न अस्पतालमा ८१ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् । ती मध्ये ५ जना बिरामीको आइसियुमा उपचार भइरहेको छ ।