आजको मिति
कैलाली
2020/11/20, 5:57
धनगढी–छठ पर्वको मुख्य दिन शुक्रवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष गत विगत जस्तो सजावट गरी उल्लास पूर्वक तरिकाले भने छठ मनाइएन ।
2020/11/20, 3:38
धनगढी–अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका एक जनालाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
2020/11/20, 3:03
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/20, 2:47
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुष कोरोना सङ्क्रमितको आज फेरी मृत्यु भएको छ ।
2020/11/20, 12:35
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना महिला कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
2020/11/20, 11:17
धनगढी–धनगढीमा रहेको बैंक अफ काठमाण्डु लिमिटेडका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए पछि बैंक शिल गरिएको छ ।
2020/11/20, 7:23
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारी बाट जोगिन सावधानीका साथ छठ पर्व मनाउन आग्रह गरेका छन् ।
2020/11/20, 7:01
धनगढी–छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
2020/11/19, 5:07
धनगढी–सुदूरपश्चिमका किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्रिबितरण गर्दै आएको मलमा अब सहुलियत दरमा पाउने भएका छन् ।
धनगढीमा मृत्यु भएका कोरोना सङ्क्रमितको सेनाले यसरी गर्यो गोदावरी घाटमा अनतेष्टि (हेर्नुहोस् तस्बिर)
2020/11/19, 3:11
धनगढी–धनगढीमा उपचारका क्रममा गए राती मृत्यु भएका कोरोना सङ्क्रमितको आज गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
2020/11/19, 2:43
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/19, 1:20
धनगढी–हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै राजा समर्थकहरूले अहिले धनगढीमा प्रदर्शन गरी रहेका छन् ।
2020/11/19, 8:34
धनगढी–सुदूरपश्चिममा सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ५ पुगेको छ ।
2020/11/19, 7:38
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।
2020/11/19, 6:56
धनगढी–धनगढीमा उपचारका क्रममा गए राती एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।