राष्ट्रिय

2020/09/17, 11:13

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ुइन्सिडेन्ट कमान्डु सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

2020/09/17, 7:27
धनगढी–आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्व(प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।
2020/09/17, 7:11

धनगढी–झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका छन ।  गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका हुन । 

आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले… विस्तृतमा

2020/09/16, 4:54
धनगढी–नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/09/16, 3:05
काठमाडौ–औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्रीवितरणमा रोक लगाएको छ ।
2020/09/16, 1:01
काठमाडौ–कोरोनाभाइरसको संक्रमण भएका बेला ज्वरो आएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा राखिएको छ।
2020/09/16, 6:43

धनगढी–आज बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

2020/09/16, 5:13
धनगढी–सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।
2020/09/15, 8:43
धनगढी–सिनेमा हल र शैलुन तत्काल नखुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार अर्को निर्णय नभएसम्म नखोल्ने भएको हो ।
2020/09/15, 8:16
धनगढी–सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
2020/09/15, 7:59
धनगढी–सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ।
2020/09/14, 4:47
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको… विस्तृतमा
2020/09/14, 4:35
धनगढी–चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बसेका छन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो ।
2020/09/12, 8:50

धनगढी,२७ भदौ–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का,… विस्तृतमा

2020/09/11, 12:08
अहिले उनीहरु होम आइसोलेशनमा बसेका छन्।