आजको मिति
कैलाली
२०७७ मंसिर ५, ०६:५३
धनगढी–धनगढीमा उपचारका क्रममा शुक्रवार मृत्यु भएका दुई जना कोरोना सङ्क्रमितको कैलालीको गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
२०७७ मंसिर ५, ०५:५७
धनगढी–छठ पर्वको मुख्य दिन शुक्रवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष गत विगत जस्तो सजावट गरी उल्लास पूर्वक तरिकाले भने छठ मनाइएन ।
२०७७ मंसिर ५, ०३:३८
धनगढी–अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका एक जनालाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
२०७७ मंसिर ५, ०३:०३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ५, ०२:४७
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुष कोरोना सङ्क्रमितको आज फेरी मृत्यु भएको छ ।
२०७७ मंसिर ५, १२:३५
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना महिला कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ मंसिर ५, ११:१७
धनगढी–धनगढीमा रहेको बैंक अफ काठमाण्डु लिमिटेडका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए पछि बैंक शिल गरिएको छ ।
२०७७ मंसिर ५, ०७:२३
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारी बाट जोगिन सावधानीका साथ छठ पर्व मनाउन आग्रह गरेका छन् ।
२०७७ मंसिर ५, ०७:०१
धनगढी–छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
२०७७ मंसिर ४, ०५:०७
धनगढी–सुदूरपश्चिमका किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्रिबितरण गर्दै आएको मलमा अब सहुलियत दरमा पाउने भएका छन् ।
धनगढीमा मृत्यु भएका कोरोना सङ्क्रमितको सेनाले यसरी गर्यो गोदावरी घाटमा अनतेष्टि (हेर्नुहोस् तस्बिर)
२०७७ मंसिर ४, ०३:११
धनगढी–धनगढीमा उपचारका क्रममा गए राती मृत्यु भएका कोरोना सङ्क्रमितको आज गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
२०७७ मंसिर ४, ०२:४३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ४, ०१:२०
धनगढी–हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै राजा समर्थकहरूले अहिले धनगढीमा प्रदर्शन गरी रहेका छन् ।
२०७७ मंसिर ४, ०८:३४
धनगढी–सुदूरपश्चिममा सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ५ पुगेको छ ।
२०७७ मंसिर ४, ०७:३८
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।