कैलाली

२०७७ कार्तिक , ०६:४९

धनगढी - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

आज पुर्नवास नगरपालिका वडा नम्बर ९ स्थित मृतक गोविन्द बिकको घरमै पुगेर उनले… विस्तृतमा

२०७७ कार्तिक , ०६:३३

धनगढी  - आज धनगढीका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

धनगढी उपमहानगरपालिका वडा नं १ का १८ पुरुष र ५ महिला गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको सेती… विस्तृतमा

२०७७ कार्तिक , ०४:५४
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०२:२६
धनगढी–सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रहरीका हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् ।
२०७७ कार्तिक , १२:३८
धनगढी–धनगढी उपमहानगरपालिका–२ मा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पुरुषको आज अन्त्येष्टि गरिएको छ ।
२०७७ कार्तिक , ११:३२
धनगढी–धनगढीको कोरोना अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाले आज बच्चा जन्माएकी छिन ।
२०७७ कार्तिक , ०९:३६
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का ६८ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०८:०४
धनगढी–धनगढीका एक जना ब्यावसायीको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०५:५०
धनगढी–धनगढीको जुगेडा स्थिती नेपाल भारत सीमानाकामा गस्तिमा खटिएका दुइजना प्रहरीको हत्यामा संलग्न ७ जना अभियुक्त लाइ जिल्ला प्रहरी कार्यालय कैलालीले आज सार्बजनिक गरेको छ ।
२०७७ कार्तिक , ०३:१८

धनगढी–कैलाली टिकापुरका  तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।

२०७७ कार्तिक , ०३:००
धनगढी–प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउँदको हत्या गरेर शब फलिएको घटनास्थल मोहना नदी बाट विकले प्रयोग गर्ने पेस्तोल,मोबाइल र घडी भेटिएको छ ।
२०७७ कार्तिक , ०२:०२
धनगढी–धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। 
२०७७ कार्तिक , १०:५५
धनगढी–धनगढीको जुगेडामा बेपत्ता प्रहरी जवान रामबहादुर साउदको  पनि हत्या गरेको अवस्थामा मोहना नदीमा शब भेटिएको छ ।
२०७७ कार्तिक , ०८:४५
धनगढी –माओवादी सशस्त्र द्वन्द्वकालमा प्रहरीलाई नियन्त्रणमा लिएर हत्या गरिन्थ्यो। असई विकलाई पनि नियन्त्रणमै लिएर हत्या गरिएको हो कि भन्ने शंका पनि छ। दुवै जना राति ११ बजेसम्म सम्पर्कमै देखिन्छन्। ११ बजेपछि उनीहरूको सम्पर्क टुट्छ।
२०७७ कार्तिक , ०७:०६

धनगढी–गत असोज २८ गते धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ । काठमाडौँमा उपचारकै क्रममा ७० वर्षीय पुरुष हरीलाल विष्टको मृत्यु भएको उनका आफन्तजनले बताएका छन् ।