आजको मिति
कैलाली
२०८० भदौ ३१, ०७:५०
धनगढी– तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन्।
२०८० भदौ २९, ०८:३२
धनगढी–भारत वाट तस्करी गरे ल्याएको २६ लाख भन्दा बढी मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ ।
२०८० भदौ २९, ०८:२४
धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० भदौ २९, ०७:३४
धनगढी– आज राष्ट्रिय बाल दिवस । बालबालिकामा लगानी-सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै छ ।
२०८० भदौ २८, ०७:१४
धनगढी– प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
२०८० भदौ २७, ०९:१५
सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनकाे शाेकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएकाे छ ।
२०८० भदौ २७, ०९:१२
धनगढी– सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ ।
२०८० भदौ २६, ०७:३१
संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
२०८० भदौ २५, ०८:१२
धनगढी– सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० भदौ २४, ०८:१०
धनगढी– प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भएको छ । गत वर्ष चार जनाको मृत्यु भएको थियो ।
२०८० भदौ २४, ०८:०१
धनगढी– आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०८० भदौ २४, ०७:५०
धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यत: बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै… विस्तृतमा
२०८० भदौ २३, ०७:५६
जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् ।
२०८० भदौ २३, ०७:४९
धनगढी–सामान्य बदली भई हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कैलालीको धनगढीमापनि विहानै देखि वर्षा भइरहेको छ ।
२०८० भदौ २२, ०८:१५
धनगढी– आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।