कैलाली

२०७७ कार्तिक २२, १२:५४
धनगढी–कैलालीमा फेरी २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक २२, १२:२१
धनगढी–काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको  उनको सचिवालयले जानकारी दिएको छ ।
२०७७ कार्तिक २२, ०८:३१
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्ला लाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन । काम अघि नबढाइएकाले एकातिर बजेट फ्रिज हुँदै आएको छ भने अर्कातिर फाप्ला मैदान  गौचरनमा परिणत भएको छ । 
२०७७ कार्तिक २२, ०६:२५
धनगढी–कैलालीको टिकापुर नगरपालिका-१ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
२०७७ कार्तिक २१, ०८:०३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ४१ जना धनगढीका छन् ।
२०७७ कार्तिक २१, ०३:५९
धनगढी–कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष तथा नगर पालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको आज दिउँसो अनतेष्टि गरिएको छ । 
२०७७ कार्तिक २१, ०२:५६

धनगढी–धनगढीका एक जना व्यापारीको भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ । नेपाल अटो मोवाईल प्रालिका सञ्चालक कुमार गड्तोलाको सवारी दुर्घटनामा परि भारतमा मृत्यु भएको हो ।

दिल्लीबाट धनगढी आउने क्रममा भारतको हापुर भन्ने स्थानमा दुर्घटना हुँदा घाईते भएका गड्तोलाको दिल्लीमै उपचारका क्रममा… विस्तृतमा

२०७७ कार्तिक २१, ०२:१९
धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेपछि सडक बिस्तारको कामले तिब्रता पाउने भएको छ ।
२०७७ कार्तिक २१, ०८:०७
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर– ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ ।
२०७७ कार्तिक २०, ०७:४१
धनगढी–कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।
२०७७ कार्तिक २०, ०७:१७
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७० जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २०, ११:३९
धनगढी–धनगढीमा एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।
२०७७ कार्तिक २०, १०:०९
धनगढी–कैलालीको लम्की चुहा बाट ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ कार्तिक २०, ०९:२५
धनगढी–धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती छापा मारी प्रहरीले होटेल मालिक सहित ६ जनालाई पक्राउ गरेको छ ।
२०७७ कार्तिक २०, ०७:३३
बेरिएको छु पीपीइमा (कविता)