आजको मिति
राष्ट्रिय
२०८२ असार १३, १०:१७
धनगढी– गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ ।
२०८२ असार १२, ०४:४७
काठमाण्डाै – सरकारले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आउँदाे वर्षमा विभाग स्थापना गरिने छ ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागूऔषध… विस्तृतमा
२०८२ असार ८, ०८:२१
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ । उक्त बजेट चालु आव ०८१/८२ भन्दा ३७ करोड ६२ लाख ३३ हजार ७८० बढी हो ।
२०८२ असार ६, ०८:१७
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
२०८२ असार ६, ०८:१२
धनगढी– हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०८२ असार ३, ०८:४५
दार्चुला – भारतीय पक्षले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकामस्थित नेपाल-भारत जोड्ने सीमा पुल नेपाली पक्षलाई कुनै जानकारी नदिई आज बिहान ११ बजेर ६ मिनेटदेखि बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनौपचारिक प्रशासनस्तरमा पुल बन्द… विस्तृतमा
२०८२ असार ३, ०८:४०
नवलपरासी–नवलपरासी, चितवन आसपासमा ठूलो पानी परेसँगै नारायणी नदीमा जलसतहले खतराको तह पार गरेको छ ।
२०८२ जेठ ३१, ०७:४४
धनगढी–धनगढीमा आज वर्षा भइरहेको छ । विहानैवाट वर्षा हुन थालेपछि गर्मीले आहल भएका मानिसहरुलाइ केही राहत मिलेको छ ।
२०८१ असोज १५, ०८:२१
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
२०८१ असोज १५, ०८:१७
बाढी पहिरोमा परेर गम्भीर घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्था सरकारले गर्ने भएको छ ।
२०८१ असोज १४, ०८:२८
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
२०८१ असोज १४, ०८:१८
काठमाडौं– गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ।
२०८१ भदौ २८, ११:११
धनगढी–दुई दिन देखि भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
२०८१ भदौ २७, ०८:४१
धनगढी– सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।