समाचार

२०७७ पुष २१, ०७:१९
धनगढी–धनगढी उप–महानगरपालिकाले सुकुम्वासी लगत सङ्कलन इकाई कार्यालय स्थापना गरेको छ ।
२०७७ पुष २०, ०७:२८
बैतडी– बैतडीको सिगास गाउँपालिका–९ बाजपानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
२०७७ पुष २०, ०७:१६
धनगढी– गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा चुरे गाउँपालिकाको गौजन बस्तीमाथि पहिरो गएको थियो । करिब १ सय ५० पहिरोपीडित गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका छन् ।
२०७७ पुष २०, ०६:३७
कञ्चनपुर–कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतको दिल्ली लैजाँदै गरिएका ४ महिलाको प्रहरीले उद्धार गरेको छ । 
२०७७ पुष २०, ०६:३१

धनगढी–सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको… विस्तृतमा

२०७७ पुष १९, ०६:२८
कञ्चनपुर–काठ दाउरामा लगाईएको बन्देज खुला हुनुपर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतवार  शुक्लाफाँटा सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन  तालाबन्दी गरेका छन्।
२०७७ पुष १९, ०८:१७
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्या अरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
२०७७ पुष १८, ०७:५९
बैतडी–स्काभेटर दुर्घटना हुँदा अपरेटर( चालक)को मृत्यु भएको छ।
२०७७ पुष १८, ०८:३०
कञ्चनपुर–कर्मचारीमा कोरोना भाइरसको संक्रमणा पुष्ट भएपछि शुक्लाफाँटा नगरपालिका कार्यालय एक सनताका लागि बन्द गरिएको छ।
२०७७ पुष १६, ०७:४८
धनगढी–कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा शव फेला परेको छ ।
२०७७ पुष १५, ०८:०८
धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। 
२०७७ पुष १५, ०७:५४
धनगढी–सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । 
२०७७ पुष १५, ०७:४६
कञ्चनपुर–भारतबाट अवैध तरिकाले भित्र्याइएको प्लास्टिक र कुखुरा प्रहरीले बरामद गरेको छ। 
२०७७ पुष १३, ०७:४६
बझाङ — विमानबाट अवैध यार्सागुम्बा जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२०७७ पुष ११, ११:१४
कञ्चनपुर– भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको झन्डै साढे २ लाखको  सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।